
बाग्लुङ, फागुन २७ । बाग्लुङको तमानखोला गाउँपालिका वडा नम्बर १ मा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।
गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारबाट तमानखोला—१ को पैरातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।
घाईतेहरु तीन जनालाई हेलिकप्टरबाट गण्डकी अस्पताल पोखरा लगिएको छ ।
दुई जना घाइतेलाई पनि हेलिकप्टरबाट पोखरा पठाउने तयारी छ ।
चालक सहित ६ जना सवार रहेको जिप महभिर भन्ने स्थानमा सडकबाट दुई सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्