८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय भेला म्याग्दीमा


0
Shares

म्याग्दी, फागुन २७ । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि सुरु भएको छ ।

देशभरबाट आएका मगर विद्यार्थीहरुको भेलामा विभिन्न संघ संस्थाहरुले मगर भेषभूषा प्रदर्शनसंगै मौलिक नृत्य प्रस्तुत गरेका छन् ।

र्‍यालीमा सहभागीहरुले मगर एकता र मगर समुदायको हक, हित र अधिकारको पक्षमा आवाज उठाएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने भेलाको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको छ ।