१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैत्र १५ गतेदेखि मेलम्चीको पानी वितरण गर्ने


13
Shares

काठमाडौं, फागुन २७ । सरकारले आगामी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ ।

आयोजनाले चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा नै मेलम्चीको पानी पठाउन सुरु गर्ने जनाएको हो ।

अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ ।

शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने जनाइएको छ ।

सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने र प्रशोधित पानी वितरण प्रणालीमा पठाइने आयोजनाले जनाएको छ ।

चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गर्ने तयारी आयोजनाको छ ।

चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण कार्यतालिका बनाएको छ ।

तर वितरण सञ्जालमा अझै धेरै तयारी बाँकी रहेकाले चैत्र १५ भित्र ग्राहकका घरमा पानी आउँनेमा भने संशय अझै कायमै छ ।