
काठमाडौं, फागुन २७ । बिहीबार सुनको मूल्य ६ सयले उकालो लागेको छ ।
अन्तराष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि ६ सयले नै बढेर ८६ हजार २ सयमा कारोबार भएको थियो ।
यस दिन चाँँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा बिहिबार साँझसम्म सुन प्रतिऔन्स १७ सय ३० डलर हाराहारीमा कारोबार भईरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्