१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री र जसपाका नेताहरुसँगको वार्ता सकारात्मक


0
Shares

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उच्चस्तरीय भेटघाट सकारात्मक रहेको जानकारी दिनुभएको छ ।

वार्ता सकेर केहीबेरअघि जसपाका नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

शुक्रबार कार्यदलस्तरमा फेरि अनौपचारिक छलफल हुने थापाले जानकारी दिनुभएको छ ।

माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावनासँगै प्रधानमन्त्री ओलीले जसपाको समर्थन खोजिरहेका छन् ।

त्यही सिलसिलामा पार्टीका प्रमुख ५ नेताहरुसँग उनले छलफल गरेका हुन् ।