
AFP
काठमाडौं, फागुन २८ । दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन भएको छ ।
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी ज्वेलिथिनीको उपचारका क्रममा निधन भएको हो ।
सन् १९४८ मा उत्तरी दक्षिण अफ्रिकाको नोङ्गोमामा जन्मनु भएका गूडविल सन् १९६८ देखि पाँच दशकसम्म राजगद्दीमा रहनु भएको थियो ।
जनतामाझ निकै नै लोकप्रिय ज्वेलिथिनीको निधनले दक्षिण अफ्रिकाको जुलु समुदायका सर्वसाधारण शोकमा डुबेका छन् ।
राजाको निधनको खबरले उनीहरुबीच रुवाबासी चलेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्