१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपहरण र हत्या आरोपमा लण्डनका एक प्रहरीमाथि मुद्दा दर्ता


0
Shares

काठमाडौं, चैत १ । बेलायतमा प्रहरी अधिकारीले नै एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ ।

लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि ३३ वर्षीया एक महिलाको अपहरण तथा हत्या अभियोगमा मुद्दा लगाइएको छ ।

३३ वर्षकी सारा एभरेडको अपहरण र हत्या गरेको आरोपमा ४८ वर्षका वायन कुजेन्समाथि मुद्दा दर्ता गरिएको छ । गत मार्च ३ देखि सम्पर्कविहीन एभरेड मृत अवस्थामा भेटिएको र उनको हत्या कुजेन्सले गरेको दाबी गरिएको छ ।

एभरेडको हत्या आरोपमा कुजेन्सलाई गत मंगलवार पक्राउ गरिएको थियो । यस हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरिएको बीबीसीले जनाएको छ ।