१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘सी’ डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको विजयी शुरुवात


0
Shares

काठमाडौं, चैत १ । खालीबारी युथ क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्धघाटन खेलमा झापा एफसीलाई २–१ ले पराजित गर्दै खालीबारीले विजयी सुरुवात गरेको हो ।

खालीबारीलाई जित दिलाउन विपिन कँडेल र सुदिप केसीले एक एक गोल गरे ।

झापाका सरोज दोर्जी कार्कीले एक गोल फर्काए ।

जितसँगै खालीबारीले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लिग अन्र्तगत दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेड भिडिरहेका छन् ।

१४ टिमले प्रतिस्पर्धा गर्ने सी डिभिजन लिगमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् ।

यस्तै एक टिम रेलिगेसनमा पर्नेछ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ ।

पहिलो चरणको खेलपछि दुवै समूहका शीर्ष ३ स्थानमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।