१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लहान बम विस्फोट : ७ जना घाइते, २ को अवस्था गम्भीर, गोइत समूहको पर्चा भेटियो (अपडेट)


0
Shares

काठमाडौं, चैत १ । सिराहाको लहान मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

विस्फोटमा मालपोत कार्यालयका कर्मचारी शिवकुमार यादवसहित सात जना सेवाग्राही घाइते भएका छन् ।

घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोलाबहादुर पाछे मगर, धनगढीमाइ ४ दिनेशकुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।

घटनास्थलमा भूमिगत तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।

सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले विस्फोट गराएको पर्चामा उल्लेख छ ।