
काठमाडौं, चैत १ । हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् ।
आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो ।
यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योग लगायतका भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि स्थानीयले आपत्ति जनाएका हुन् ।
सुर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको थियो ।
तर उद्योगले सात दिनभित्र हटाउन नसकिने भन्दै उद्योगलाई यथावत् राखिएको थियो ।
४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन सम्भव नभएको र कुनै पत्र जानकारी बिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताउनुभयो ।
बिकासको नाममा किसानलाई सुकुम्बासी बनाउन लागिएको स्थानियले बताएका छन् ।
यसरी भत्काउँदा किसानको हजारौँ रोपनी जग्गा नाश हुने भन्दै सरकारले क्षतिपुर्ति दिनुपर्ने माग स्थानियको छ ।
स्थानीय सरकारले समेत बेवास्ता गरि जर्बजस्त डोजर चलाइएको हनुमन्ते खोला करिडोर पीडित समितीका संयोजक ओम श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्