
काठमाडौं, चैत २ । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टीको नाम फेरेर जनताको जनवाद पार्टी राखेको छ ।
सो पार्टी निर्वाचन आयोगमा नाम दर्ता पनि गरिएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामै त्रुटी देखाउँदै साविक पार्टीहरु ब्युँताईदिएपछि तिवारीको नेकपा एमाले पनि अवैध भएको थियो ।
त्यसपछि आयोगले उनीहरुलाई नयाँ पार्टी दर्ताका लागि आह्वान गरेको थियो ।
जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्