१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कार्यवाही


0
Shares

काठमाडौं, चैत २ । कपिलवस्तुमा पेट्रोलियम पदार्थको तस्करी गर्ने सात टेलरलाई कार्यवाही गरीएको छ ।

भारतीय टेलर र ट्रकहरुमा अवैधरुपमा पेट्रोलियम पदार्थ ओेसारपसार गर्ने सात टेलरलाई कारवाही गरीएको हो ।

कृष्णनगर स्थित नेपाल–भारत सीमा नजिक रहेका केही पेट्रोल पम्पहरुबाट नेपाल भित्रिएका भारतीय मालवाहक टेलर तथा ट्रकहरु फर्किने क्रममा अवैधरुपमा डिजल ओसारपसार गर्दै आएको तथ्य खुलेपछि सातवटा टेलरलाई कृष्णनगर प्रहरीले कारवाही गरेको हो ।

पेट्रोलियम पदार्थहरु भारत हुँदै नेपाल आयात भए पनि भारतमा पेट्रोल, डिजलको मूल्य बढी भएकोले कृष्णनगर–चन्द्रौटा औद्योगिक क्षेत्रमा कच्चा पदार्थ तथा कोइला पुर्‍याउने लगायतका ढुवानी गर्ने मालबाहक गाडीहरुले तीनदेखि पाँच अतिरिक्त ट्यांकी जडान गरी ओसारपसार गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरीको संयुक्त टोलीले केही टेलरहरुको चेकजाँच गर्दा सात वटा गाडीमा अतिरिक्त ट्याँकी जडान गरी ४ लाख १५ हजार रुपैयाँ बराबरको ४२ सय लिटर डिजल बरामद गरेको थियो ।

डिजल निकाली बुटवल राजस्व कार्यालय पठाउने प्रकृया अघि बढाइएको छ ।