१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सुन मंगलबार पनि आइतबारकै मूल्यमा कारोबार


0
Shares

काठमाडौं, चैत ३ । सुनको मूल्य मंगलबार पनि स्थिर रहेको छ ।

मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ ।

मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।