१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारीले बोलाएको बैठक धमाधम बहिष्कार गरिँदै, नेपाल, खनाल र भट्टराईले भने जाँदैनौं


0
Shares

काठमाडौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने घोषणा गर्नुभएको छ ।

त्यसअघि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि बैठकमा नजाने घोषणा गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले मंगलबार अपराह्न ४ बजे पूर्वप्रधानमन्त्रीहरूसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।

नेपाल–खनाल बुधबार हुने कार्यकर्ता भेलामा व्यस्त रहनुपरेकाले जान नसकिएको नेपाल पक्षीय नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

भट्टराई स्वास्थ्यमा समस्या देखिएकाले जान नसक्ने हुनुभएको उहाँको स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ ।