
काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा अन्ध राष्ट्रवाद लाद्ने षड्यन्त्र भएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले जातिय अधिकारको कुरा गर्नेलाई जातिवादीको विल्ला भिराएर उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भैरहेको बताउनुभएको हो ।
दाहालले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको जिकिर समेत गर्नुभयो ।
प्रचण्डले प्राप्त अधिकारलाई खोस्नको निम्ति माओवादी आन्दोलन र आफुलाई निशाना बनाइएको समेत जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्