
काठमाडौं, चैत ३ । मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुस्लिम कट्टरपन्थी विद्रोहीहरुले ११ बर्ष उमेर समुहका बालबालिकाहरुको हत्या गर्ने गरेको खुलासा भएको छ ।
मुस्लिम कट्टरपन्थीहरुले बालबालिकाको घाँटी रेटेर हत्या गर्ने गरेको सेभ द चिल्ड्रनले खुलासा गरेको हो ।
हत्या गरिएका बालबालिकाका आमाहरुले आफ्ना बच्चाको हत्या गरेको दृष्य हेर्न आफूहरु विवश भएको बताएको पनि सेभ द चिल्ड्रनले जनाएको छ ।
सेभ द चिल्ड्रनले त्यहाँबाट भागेका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो ।
सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यस क्षेत्रमा २ हजार भन्दा बढी मारिएका छन् भने लाखौँको संख्यामा त्यहाँबाट पलायत भएका छन् ।
राष्ट्रसंघको विशेष न्यायिक निकायले विद्रोहीहरुको उक्त कदमलाई सबैभन्दा क्रुर भनेको छ ।
यसअघि गत नोभेम्बरमा, काबो डेलगाडोको फुटबल मैदानमा ५० भन्दा बढी व्यक्तिको घाँटी काटिएको थियो ।
त्यसैगरी गत वर्ष अप्रिलमा पनि गाउँमा भएको आक्रमणमा दर्जनौंको घाँटी काटिनुका साथै केहीलाई गोली हानी मारिएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्