१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कानून संकायको प्रवेश परीक्षा रद्द गर्न माग


0
Shares

सुर्खेत, चैत ४ । सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकायको प्रवेश परीक्षामा राजनीति भएको भन्दै विद्यार्थीले प्रवेश परिक्षा रद्द गर्न माग गरेका छन् ।

प्रवेश परीक्षामा राजनीति गरेर आ-आफ्ना नाता पर्ने तथा नेताका छोरा/छोरी र परिक्षा संचालन गर्ने शिक्षकका छोराछोरीको नाम मात्र प्रकाशन गरिएको विद्यार्थीहरुको दावी छ ।

परिक्षा हुनु दुई दिनअघि आफन्तहरुलाई फेसबुक च्याटमार्फत शिक्षकले प्रश्नपत्र पठाएको र प्रश्नपत्र पाउनेहरुकै नाम एक नम्बरमा आएको विद्यार्थीहरुको आरोप छ ।

यस विषयमा विश्वविद्यालयले ५ दिनभित्रमा छानविन गरिसक्नुपर्ने भन्दै छानविन समिति बनाउन माग गरिएको छ ।

तर विश्वविद्यालयले भने एक हप्ता वितिसक्दा समेत मागको सुनुवाइ गरेको छैन ।