
काठमाडौं, चैत ४ । काठमाडौंको बल्खुमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका सन्तोष सापकोटालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
प्रहरीले सापकोटाको साथबाट हत्यापछि लुटेर लगेको नगद र गहना पनि बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिहले ३२ वर्षिया सन्तोषी श्रेष्ठ सापकोटाको हत्यापछि फरार भएका सन्तोषलाई हिजो बल्खुबाट पक्राउ गरिएको बताउनुभयो ।
सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीस्थित घरमा सन्तोषीको शव बोरामा राखिएको अबस्थामा फेला परेको थियो ।
बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा सन्तोष फरार थिए ।
पारिवारिक विवाद बढ्दै गएपछि सन्तोषीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख सिहले बताउनुभयो ।
सन्तोष लागू औषध दूव्र्यसनी भएकाले सम्बन्ध बिग्रिएपछि सन्तोषी माइती जोरपाटीमा बस्न समेत थालेकी थिइन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै आजै पत्रकार सम्मेलनमा टोखास्थित आशिष् लिम्बू हत्याकाण्डका अभियुक्तहरुलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा रौतहट गौर नगरपालिका–७ का २१ वर्षिय शेष अब्दुल आलम, भारत मधुवनीका १९ वर्षिय भुपेन्द्र कुमार साह , रौतहट गुजरा नगरपालिका–९ का १९वर्षिय मोहम्मद कासिम मन्सुरी रहेका छन ।
प्रहरीले २ जनालाइ काठमाडौको नया बसपार्कबाट र एक जनालाइ रौतहटबाट पक्राउ गरिएको जनाएको छ ।
लिम्बुलाइ यहि फागुन २८ गते बेलुका ९ बजे टोखा सुदर्शन हाइट स्थित बाइक वर्कसप मा कुटपिट गरि पानीको पाइपले घाँटी थिची हत्या गरेर उनको शवलाई मालुङ्गस्थित बाँसघारीमा फ्याकिएको थियो ।
पक्राउ परेका ३ नै जना लागुऔषध दूव्र्यसनी रहेको र लागुऔषध सेवन गर्ने क्रममा विवाद हुदा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्