१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहालले बादललाई दिए लालगद्दारको संज्ञा, महँगोमा मन्त्री बिक्री भएको टिप्पणी


0
Shares

सिन्धुली, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पूर्वसहकर्मी रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिनुभएको छ ।

सिन्धुलीमा भएको कार्यक्रममा आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गर्नुभएका अध्यक्ष दाहालले वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिनुभएको हो ।

सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै दाहालले भन्नुभयो, ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’

प्रधानमन्त्री ओलीलाई फटाहा भन्दै दाहालले भन्नुभयो, ‘केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन ।’