
AFP
काठमाडौं, चैत ५ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ ।
उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा आज बम विष्फोट गराइएको हो ।
काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।
रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।
घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन ।
तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्