
बाँके, चैत ५ । डिजिट लाईजेसनमा जोड दिँदै माछापुच्छ्रे बैंकले नेपालगञ्जमै एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवा सुरु गरेको छ ।
बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले बैंकले एकैदिन नेपालगञ्जकोे सनराईज यातायात, हङ्गकङ्गबजर, रानीतलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरको तरकारी तथा फलफुल पसलमा क्यु.आर. कोड हस्तान्तरण गरेको हो ।
बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत भुक्तानी गर्दा ग्राहकका साथै व्यापारीलाई समेत सहज हुने भएकाले क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्