१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भारतमा रामायणका ‘श्रीराम’ ले राजनीति गर्ने, बने भाजपाको सदस्य


0
Shares

काठमाडौं, चैत ६ । लोकप्रिय धारावाहिक ‘रामायण’मा भगवान श्रीरामको भूमिका निर्वाह गर्नुहुने अभिनेता अरुण गोविलले राजनीति थाल्ने हुनु भएको छ ।

उहाँ भारतीय जनता पार्टीमार्फत् राजनीतिमा लाग्नु भएको हो । उहाँले भाजपाको सदस्यता लिनुभएको छ ।

पार्टी सदस्यता लिनेबित्तिकै ‘जय श्रीराम’को नारा लगाउँदै गोविलले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई ‘श्रीराम’ नामप्रति एलर्जी भएको टिप्पणी गर्नुभयो ।

उहाँको भनाइ थिाये, ‘यो कुनै राजनीतिक नारा होइन‚ हाम्रो जीवन–आदर्श हो‚ संस्कार हो । यसप्रति कसैलाई एलर्जी हुन्छ भने यो धर्मयुद्धजस्तै हुनपुग्छ । म आफ्नो आदर्श‚ संस्कार र कर्तव्यलाई धर्म मान्दछु ।’

अधर्मीको अत्याचार सहन नसकेर राजनीतिमा आएको भन्दै उहाँले भन्नुभयो, ‘कुनै अधर्मीको अत्याचारले त्यति दुःख दिँदैन‚ जति अत्याचार भइरहेको देखेर पनि मौन बस्दा नोक्सान हुन्छ । मौन बस्न मेरो मनै मानेन । त्यसैले राजनीतिमा आएँ ।’

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ, ‘मोदीजीको सक्षम नेतृत्वले मलाई मेरो कर्तव्यप्रति प्रेरित गरेकाले विधिवत रुपमा भाजपाको सदस्यता ग्रहण गरेको छु ।’