
काठमाडौं, चैत ६ । कीर्तिपुरको ऐतिहासिक पोखरी ‘गःसी पुखु’ मास्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
कुनै जानकारी विना नै ठेकेदारले मध्यरातमा डोजर चलाएर माटो र ढुंगाले पोखरी पुर्न लागेको भन्दै स्थानीयले चर्को विरोध गरेका हुन् ।
स्थानीयको विरोधपछि हाललाई सो कार्य रोकिएको छ ।
ऐतिहासिक नगर कीर्तिपुर एक समय चारै तिर पोखरी नै पोखरीले घेरीएको थियो ।

तर अहिले धेरै पोखरी नासिसकेका छन् भने केही पुननिमार्ण पनि भइरहेको छ ।
स्थानीय बासिन्दा नजर राम महर्जनले ‘गःसी पुखु’ लगायतका ऐतिहासिक पोखरी कुनै पनि हालतमा पुर्न नदिने बताउनुभयो ।
पोखरीको डिलमा यस अघि नै विष्णु देवी हेल्थ पोस्टको भवन बनिसकेको छ ।
कीर्तिपुर नगरपालिकाले भने सो हेल्थ पोस्टको पर्खाललाई थेग्नमात्र पोखरीमा माटो र ढुंगा राखेको दावी गरेकोे छ ।
पोखरी र वरपरको जमिन स्थानीयहरुको कुलदेवता रहेको स्थान हो ।
सँगै रहेको अर्को वडा नम्बर २ को पोखरी पुरेर पार्किङस्थल बनाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्