
चितवन, चैत ६ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले महिलाहरुले नेतृत्व गरेका ठाउँमा कम भ्रष्टचार हुने गरेको भन्दै नेतृत्वमा महिलाहरुको संख्या बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले महिलाहरुले नेतृत्व गरेका संस्था तथा समूहमा कम भ्रष्टचार हुने गरेको बताउनुभयो ।
महिलालाई नेतृत्वमा ल्याउनका लागि समाजमा छोरा छोरीबीच हुने विभेदको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।
सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ गराउँदै लैजानुपर्नेमा जोड उहाँले शक्षा नभए जीवन अन्धकारमा हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्