६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ओली हटाउने साँचो जसपाको हातमा छ : मिनेन्द्र रिजाल


0
Shares

काठमाडौं, चैत ६ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पका लागि नेपाली कांग्रेस भित्र कुनै मतभेद नरहेको बताउनुभयो ।

सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले कांग्रेस नेतृत्वमा सरकार बनाउन जसपा तयार भए कांग्रेस तयार रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उप–नेता सुबासचन्द्र नेम्वाङले माओवादी केन्द्रले अहिलेसम्म सरकारको समर्थन फिर्ता नलिएको भन्दै समर्थन फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम अघि बढ्ने बताउनु भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्न दृढ रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताउनुभयो ।

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताउनुभयो ।