
एजेन्सी । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा बिस्फोट भएको ज्वालामुखी कमजोर हुने क्रममा रहेको वैज्ञानिकले बताएका छन् ।
रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा शुक्रबार बेलुका ज्वालामुखी बिस्फोट भएको थियो ।
सो ज्वालामुखीबाट निस्कएका लाभा तल झर्ने क्रम सुस्त हुँदै गएको र ज्वालामुखी पनि शान्त हुने क्रममा रहेको वैज्ञानिकले बताएका छन् ।
ज्वालामुखीबाट निस्कएको लाभा सयौँ मिटर तलसम्म खसेको छ ।
पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो ।
त्यसपछि क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।
सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।
तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ निस्किएको थिएन ।
ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ ।
प्रतिक्रिया दिनुहोस्