
रोमन आचार्य (इमेज)
काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्काल नयाँ सत्ता समीकरण बन्ने संभावना क्षीण बन्दै गएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोनलमा उत्रिएका ओली ईतरका पार्टी तथा समूहहरुबीच पछिल्लो समय झन् दुरी बढेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय नयाँ सत्ता समीकरणबारे पूरै मौन हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीसँगको विशेष सम्बन्ध र वाह्य शक्तिको दवावका कारण देउवा मौन बनेको टिप्पणी नेपाली राजनीतिमा छ । सत्ताका लागि एक कदम अगाडि देखिन देउवा यस पटक हातमै आएको प्रधानमन्त्री पदप्रति ईच्छुक नदेखिनु आश्चर्यको विषय बनेको छ ।
देउवा समय अगावैको चुनावको पक्षमा रहेको बुझिन्छ । कांग्रेस भित्रकै अर्को पक्ष भने देउवाको लाइनसंग सहमत देखिदैछ ।
देउवालाई दबाव दिएर ओलीलाई सत्ताच्यूत गर्नुपर्छ भन्दै आएको पौडल समूहले गुटगत भेलालाई तिव्र बनाएको छ ।
हो, नेता प्रकाशमान सिंहले भनेजस्तै कांग्रेसले सरकारमा जाने हो भने माओवादी केन्द्र र जसपाले साथ दिनुपर्छ ।
तर, माओवादी केन्द्र अहिले पनि सक्षा पक्ष नै हो । जसपाभित्र सत्तासमिकरणको विषयमा ध्रुविकरण छ ।
जसपाभित्रको पूर्व राजपा समूहसंग ओलीको सहकार्यको संभावना बढेको छ ।
पूर्व समाजवादी समूह भने ओलीलाई सत्ताच्यूत गरौं भनेर लागेको छ ।
सो पार्टीका ३२ सांसदमध्ये पूर्व राजपा समूह वलियो बनेको छ र ओलीमाथी संकट आउन नदिन दुर्घटना सम्मको अवस्थामा पुग्न तयार छ ।
अर्लि निर्वाचबाट डराएको माओवादी केन्द्र प्रतिपक्षि दलहरु बीच गठबन्धन नबनेसम्म सरकारबाट अलग नहुने अडानमा छ ।
राष्ट्रपति कार्यालयमा सर्वदलीय वैठकमै ओलीले फेरी संसद विघटन गर्ने धम्की दिएसँगै माओवादी केन्द्र डराएको छ ।
ओलीलाई बालकोट खेद्ने सपना देख्दा आफ्नै अस्तित्व संकटमा पर्ने भय उसमा हावी भएको छ ।
प्रधानमन्त्री केपी ओलीको मनसाय पुनः संसद विघटन गरेर निर्वाचनमा जाने नै देखिन्छ ।
कांग्रेस र जसपाभित्रको राजपा घटक पनि निर्वाचनकै पक्षमा छन् ।
जसका कारण नयाँ सत्तासमिकरण भन्दा निर्वाचन सजिलो बन्दै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्