२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस पदाधिकारी बैठक सोमबार अपराह्न ३ बजे


0
Shares

काठमाडौं, चैत ८ । नेपाली कांग्रेसले सत्तासमीकरणका विषयमा छलफल गर्न पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको सहभागिता रहने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा सत्तासमिकरणको विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै पत्रकार महासंघको आसन्न महाधिवेसनको विषयमा पनि छलफल हुनेछ ।

पदाधिकारी बैठक बोलाइएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार आफूनिकट शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

छलफलमा पार्टीको १४ औं महाधिवेसन र सोमबारको बैठकमा समूहले उठाउने विषयको बारेमा परामर्श भएको महामन्त्री शशांक कोइरालाले जानकारी दिनुभयो ।

पौडेल निवासमा बसेको बैठकमा महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत र मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।