
काठमाडौं, चैत ८ । आइतबार पनि शेयर बजारमा उछाल जारी रह्यो ।
बिहीबार ४३ अंकले उकालो लागेको बजार परिसूचक नेप्से यस दिन ६३ अंकले बढेर २५ सय ३८ पुग्यो ।
पछिल्ला दिनकारोबार न्यून रहँदै आएकोमा यस दिनकारोबारमापनि सुधार आएर झण्डै ६ अर्ब हाराहारी पुग्यो ।
कारोबार पनि बढेसंगै बजार पुनःलयमा फर्किएको विश्लेषण गरिएको छ ।
यस दिन सबै समूहमा हरियाली छायो ।जीवनबीमा समूहमा सबैभन्दाउच्च७ सय ४६ अंकको उछाल आयो ।
निर्जीबनबीमा समूहपनि ५ सय ६२ अंकले उकालो लाग्यो । लघुवित्त समूह २ सय ४६ अंकले उक्लियो ।
होटल तथापर्यटन र उत्पादनमूलक समूहपनि डेढ सय भन्दा बढी अंकले उक्लिए ।
अन्य, विकास बैंक र वाणिज्य बैंक समूहपनि दोहोरो अंकले सुधिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६ कम्पनीको सवा करोड कित्ता शेयर ५ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्