१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुर्गाप्रसादको परिवारले क्षतिपूर्ति मागे दिन कलकत्ता उच्च अदालतको पश्चिम बंगाल सरकारलाई आदेश


0
Shares

काठमाडौं, चैत ९ । कलकत्ता उच्च अदालतले ४० वर्षपछि भारतीय जेलबाट रिहा गरिएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

सोमबार कलकत्ताको उच्च अदालतले इलामका तिम्सिनाको मुद्दा फैसला गर्दै उनका परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हालाई उधृत गर्दै सेतोपाटीले जनाएको छ ।

दुर्गाप्रसादको मुद्दा विरलै हुने भन्दै अदालतले यस्तो आदेश दिएको सिन्हालाई उधृत गर्दै सेतोपाटीले लेखेको छ, ‘कानुन अनुसार क्षतिपूर्ति दिनू भनिएको छ । क्षतिपूर्ति कति हुन्छ अहिले भन्न सकिन्न ।’

बिना सुनुवाई चालीस वर्ष भारतको पश्चिम बंगाल जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना भारतकै केही वकीलको पहलकदमीमा शनिबार रिहा भई आइतबार नेपाल आउनुभएको छ । उहाँको मानसिक अवस्था पनि कमजोर रहेको छ ।

यसैगरी, अदालतले पश्चिम बंगाल राज्यभरिका विभिन्न जेलमा रहेका मानसिक रोगीको अवस्थाबारे दुई दिनभित्र अदालतलाई जानकारी गराउन निर्देशन पनि दिएको छ ।

कलकत्ता उच्च अदालतले रिहाको आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो ।