२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओलीले फेरि संसद विघटन गराउने बाटो खोजे : गगन थापा


0
Shares

gagan thapa @ parliament

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको भन्दै भन्नुभयो, ‘जति दिन यो सरकार रहन्छ, प्रधानमन्त्रीलाई यो संसदप्रति तिरस्कार छ ।’

संसद भंग गर्ने सनक ठीक थियो भन्ने देखाउन प्रधानमन्त्री ओलीले अनेक प्रपञ्च गरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘कहिले प्रश्न छल्न हठात् संसद बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने । अनि अहिले प्रतिनिधि सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गराउन संसदलाई कामविहीन बनाउने प्रपञ्च गर्ने ?

पूर्वमन्त्री समेत रहनुभएका मन्त्री थापाले, एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने प्रधानमन्त्रीले संसदलाई एउटा पनि विधेयक नदिएकोमा आपत्ति जनाउनुभयो ।

प्रधानमन्त्रीले अहिलेको संसदसँग बदला लिन खोजेको भन्दै थप्नुभयो, ‘हामी स्पष्ट छौँ, जतिदिन यो सरकार रहन्छ, संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने क्रम बढ्दै जान्छ किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’

प्रधानमन्त्रीले गरेको तिरस्कार लोगो लगाउने सांसदहरुको मात्र तिरस्कार र अपमान नभई संसद बनाउने जनताकै अपमान भएको उहाँको टिप्पणी थियो ।