२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परिवर्तन नचाहनेहरुको ‘दलाल’ र ‘मोहरा’ बने ओली–पुष्पकमल दाहाल


0
Shares

prachanda address

काभ्रे, चैत ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली परिवर्तन नचाहने शक्तिको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप लगाउनुभएको छ ।

धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको भेलामा दाहालले २०६२/०६३ पछिको परिवर्तन नरुचाउनेहरुले ओलीलाई प्रयोग गरेको दाबी गर्नुभयो ।

संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्नेहरुले ओलीलाई प्रयोग गरेको उहाँको भनाइ थियो ।

षड्यन्त्रकारीहरु ओलीलाई दलाल बनाउन सफल भएको भन्दै उहाँले थप्नुभयो, ‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो । जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए । पार्टीको जसलाई अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलालको रुपमा, मोहराको रुपमा प्रयोग गर्न त्यो वर्ग, त्यो तप्का, त्यो शक्तिले सफलता प्राप्त गर्‍यो ।’

यसैका कारण संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भएको दावी दाहालले गर्नुभयो ।

पार्टी एकीकरण नमान्ने अदालती फैसलालाई अस्वाभाविक करार गर्दै अध्यक्ष दाहालले षड्यन्त्रप्रति हाफूहरु गम्भीर र सतर्क रहेको उल्लेख पनि गर्नुभयो ।

गणतन्त्र, संघीयता समानुपातिक समावेशी व्यवस्था एकथरी मान्छेलाई पहिलादेखि नै पटक्कै मन नपरेको भन्दै दाहालले तिनीहरुले नै अहिले संविधान, लोकतन्त्रमाथि प्रहार गरेको उल्लेख गर्नुभयो ।