७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा ४१ अंकको सुधार


0
Shares

काठमाडौं, चैत ११ । बुधबार शेयर बजारमा ४१ अंकको सुधार आउदा कारोवार रकम पनि अन्य दिनको तुलनामा बृद्धि भएको छ ।

अन्तर बैक व्याजमा कमी आएको र तरलता पनि सहज भएको समाचार सार्वजनि भएसँगै केहि दिनदेखि घटेको कारोवार रकम पनि बुधवार बढेर साढे ६ अर्ब बढीको कारोबार भएको छ ।

योसँगै परिसुचक बढेर २५ सय ७० पुग्यो । ठुला कम्पनीको कारोवार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले उकालो लाग्दा ४ सय ५६ पुगेको छ ।

बुधवार जलविद्युत समुह बाहेक अन्य सबै समुह हरियो रहे । बुधवार सबैभन्दा बढी व्यापार समुह ३ सय ८१ अंकले उकालो लाग्दा निर्जिबन बिमा २ सय २१, होटल तथा पर्यटन १ सय ७८, जिवन बिमा १ सय ४१, लघुवित्त १ सय २२ अंकले उकालो लागेका छन् ।

यस्तै उत्पादन समुह ५२, बैक २२, वित्त समुहमा पनि २२ अंकको सुधार आएको छ ।

विकास बैक २१ र अन्य समुहमा २० अंकको सुधार आउदा सामुहिक लगानी कोष र लगानी समुह भने सामान्य अंकले मात्र सुधारिएका छन् ।

यसदिन जलविद्युत समुह भने १५ अंकले घटेको छ ।

बुधवार १ सय ४६ कम्पनीको मुल्य बृद्धि हुदा २१ कम्पनीको मुल्यमा गिरावट आएको छ भने ११ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

बुधवार २ सय ८ कम्पनीको १ करोड ६९ लाख बढी कित्ता शेयर ६ अर्ब ६७ करोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।