१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्व. विजय खड्गी स्मृति गोल्डकप बिहीबारदेखि सुरु


0
Shares

चितवन, चैत ११ । चितवनमा बिहीबारदेखि स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

चैत २१ गतेसम्म हुने प्रतियोगितामा १० वटा टिमको सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेताल ३ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।