८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोभिडको भयावह स्थिति भइसकेको छैन : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ ।

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै उहाँले कोभिड भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभयो ।

यद्यपी अहिले भयावहको स्थिति नभएको उहाँको तर्क छ ।

अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै प्रधानमन्त्री ओलीले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताउनुभयो ।

सरकारको ‘निरोगी नेपाल, स्वास्थ्य नीति’का कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको उहाँको दाबी थियो ।