
काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ ।
बिहिवार बिराटनगर पुग्नु भएका नेता सिंहले नेपाल प्रेस युनियन ले आयोजना गरेको प्रेस भेटघाटमा बोल्दै ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ ।
साथै उहाँले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेका बताउनु भयकोछ ।
देश बिकासका लागी कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उहाँको भनाई छ ।
उहाँले भन्नु भयो ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो ।’
आन्तरिक भागभण्डा नमिले पछि कम्युनिष्टहरुले देशलाई दुर्घटना तर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ ।
कांग्रेस अहिले पनि परिस्थिति लाई समालेर जान तयार रहेको भन्दै नैतिकता हिन सरकार लाई माओवादी केन्द्र ले समर्थन दिराख्ने जन्ता समाझबादिले कुनै प्रस्ट निर्णय नलिने अनि सरकार को बिकल्प दिन कांग्रेस ले ध्यान दियन भन्नू कतिको जाहेज छ यो सबैले बुझ्नु पर्ने बताउनु भयकोछ ।
नेता सिह कांग्रेस मोरङका सभापति स्व अशोक कोईराला प्रति समबेदना दिन बिहीबार बिराटनगर आउनु भयकोछ नेता सिंह शुक्रबार लाहान मा नेपाली कांग्रेस लहान नगरसमितिले आयोजना गरेको कार्यक्रममा सभागि हुन आजै लाहान जाने कार्यक्रम रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्