
काठमाडौं, चैत १२ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २१ अंक बढीले घटेर २५ सय४८ कायम भयो ।
शुरुमा उकालो लागेर २५ सय ९४ अंकमा पुगेको नेप्से केही समयमै ओरालो लाग्दै अन्तिममा २१ अंकले ऋणात्मक रहेर थामिएको हो ।
कारोबार भने उच्च नै साढें ६ अर्ब हाराहारी पुग्यो । व्यापार, होटल र लगानी समूह बाहेक अरु समूह ओरालो लागे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च १ सय ६९ अंकको गिरावट आयो ।
अरु पनि सबैजसो समूह दोहोरो अंकले ओरालो लागे ।
व्यापार समूहमा भने १ सय ७४ अंक अनि होटल तथा पर्यटन समूहमा पनि १ सय ५४ अंकको बृद्धि आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८ कम्पनीको सवा करोड कित्ता शेयर ६ अर्ब ५० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्