१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल समूह पक्ष अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली


0
Shares

काठमाडौं, चैत १२ । नेकपा (एमाले) माधव नेपाल समूह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् ।

चैत १० गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

अनेरास्ववियुको सह अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् ।

उपाध्यक्षहरुमा यसु लामा, सुदिप शर्मा, युवराज कुँवर, कल्पना थापा, हिरेन्द्र शाही, लोकेश निरौला लगायत चयन भएका छन् ।

सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन पराजुली, दिपेश बराल, ऐन बिक्रम कुँवर लगायतका ३६ जना रहेका छन् ।

स्थायी कमिटीमा पुर्ण खड्का, हंश खनाल, न्युसन लामिछाने, अनिल कार्की, किसन भगत, अञ्जु गौतम लगायत चयन भएका छन् ।

अन्य पदाधिकारी तथा स्थायी कमिटी र केन्द्रिय सदस्यहरुको टुंगो लाग्न भने अझै बाँकी रहेको छ ।