१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले नै पार्टी विभाजन चाहेको भन्दै भीम रावलले फर्काए यस्तो जवाफ (पूर्ण पाठ)


0
Shares

काठमाडौं, चैत १२ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीप्रति नै प्रश्न उठाउँदै पार्टीमा स्पष्टीकरण पत्र बुझाउनुभएको छ ।

अध्यक्ष ओली नै एमालेलाई एकतावद्ध र मेलमिलाप कायम गर्न नचाहेको भन्दै रावलले अध्यक्ष ओलीमाथि १८ करोड रुपैयाँको अपचलनसम्मको प्रश्न उठाउनुभएको छ ।

ओली पक्षले रावललाई ३० लाख रुपैयाँ अपचलन गरेको भन्दै प्रष्टीकरण सोधेपछि त्यसको जवाफमा रावलले अध्यक्ष ओलीसँग नै एकीकृत पार्टी नेकपामा जम्मा भएको १८ करोड रुपैयाँको हिसाब माग्नुभएको हो ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा स्पष्टीकरण बुझाउँदै रावलले एमाले पुनःस्थापित भएपछि विगतका कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई ओलीले नै अस्वीकार गरेको जिकीर गर्नुभएको छ ।

चैत्र २ गते धुम्बाराहीमा भएको बैठकमा पार्टीमा एकता र मेलमिलापका लागि फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा ओलीले नै नमानेको तर्क पनि रावलले गर्नुभएको छ ।

२८ गतेको अवैधानिक बैठकका निर्णय फिर्ता लिन नमान्नुको कारण पार्टी विभाजन चाहेको भन्ने देखएन र ? भन्दै रावलले प्रश्न गर्नुभएको छ, ‘उक्त आग्रह तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

यस्तो छ, रावलले पार्टी कार्यालयमा पेश गरेको जवाफः