९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


किर्गिस्तानसँग नेपालको गोलरहित बराबरी


0
Shares

nepal kirgistan footbal

काठमाडौं, चैत १२ । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ ।

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबलमा नेपालले आफ्नो पहिलो खेलमै बराबरीमा चित्त बुझाउन बाध्य भएको हो ।

दशरथ रंगशालामा भएको खेलमा किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले गोलरहित बराबरी खेलेको हो । खेलअवधिभर नेपालले निकै राम्रा अवसर पाए पनि गोल भने गर्न सकेन ।

खेलको उत्तरार्द्धमा किर्गिस्तानका कप्तानले नै दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिए पनि नेपालले जित निकाल्न सकेन ।

६ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा फुटबल खेल्दा करिब ७ हजार दर्शक खेल हेर्न उपस्थित थिए । घरेलु दर्शकको अगाडि आफ्नै मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।

किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेव गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । नेपालले अब अर्को खेल पर्सी शनिबार बंगलादेशविरुद्ध खेल्नेछ ।