२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रामेछापमा आजबाट अनिवार्य मास्क


0
Shares

रामेछाप, चैत १३ । जिल्ला प्रशासन कार्यालय रामेछापले सदरमुकाम मन्थली लगायत जिल्लाको सबै बजार केन्द्र र पालिकाहरुमा माक्सको प्रयोगलाई अनिवार्य गरेको छ ।

बढ्दो कोभिडको संक्रमणसंगै माक्सकको प्रयोगकर्ताहरु घटेपछि यसबाट जोगिनका लागि प्रशासनले आजबाट जिल्लाको सबै पालिका, सडक यात्री सर्बसाधारण र बजार केन्द्रहरुमा समेत माक्स अनिवार्य गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले एक विज्ञप्ती जारी गर्दै माक्स अनिवार्य गर्ने सरकारी निर्णयको सबैलाई पालना गर्न पनि आग्रह गर्नुभएको छ ।

निर्णयको पालना गरेको संक्रमण रोग ऐनअन्तर्गत कारवाही हुने चेतावनी दिइएको छ ।