
काठमाडौं, चैत १३ । सरकारले यहि चैत्र २० गते देखि १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी झापा, धनकुटा, मोरङ्, बारा, लमजुङ्, पर्वत, बागलुङ्, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने जनाएको हो ।
१२ जिल्लाका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाउने तयारी भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
जसका लागि ५ हजार ४ सय स्वास्थ्यकर्मी र ९ हजार ५ सय स्वयसेविका खटाईने छ ।
हात्ती पाइले रोग विरुद्धको औषधि वितरणका लागि सरकारले यस बर्ष १८ करोड , ६१ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
२ बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सुत्केरी महिला र सिकिस्त बिरामीले औषधि सेवन गर्नु हुदैन् ।
हाल देशभर १७ हजार २ सय हात्तीपाइले रोगी रहेका छन्् । ति मध्ये ११ हजार ५ सयमा हाइड्रोसिलको समस्या र ५ हजार ७ जनामा हातखुट्टा सुनिने समस्या रहेको महाशाखाले जनाएको छ ।
६३ जिल्लाका औषधी खुवाउने थालिएकोमा हाल ५१ जिल्लामा औषधि खुवाउन छोडिएको छ ।
हात्तीपाइले रोग क्युलेन्स नामक लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्