
हेटौंडा, चैत १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र भ्रष्टाचारको कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन चिरा परेको जिकिर गर्नुभएको छ ।
राप्रपा मकवानपुरको जिल्ला परिषद् भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष थापाले कुर्सी र भ्रष्टाचारको झगडामा नेकपा विभाजित भएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लाचार बनेको पनि आरोप लगाउनुभयो ।
बिगत १४ बर्षको अभ्यासले नेपाललाई इतिहासमा अहिलेसम्मकै अत्यन्त डरलाग्दो भ्रष्टाचारको दलदलमा धकेलेको अध्यक्ष थापाको भनाइ थियो ।
उहाँले राजनैतिक तरलताको अवस्थाबाट मुलुकलाई निकास दिन निर्वाचन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्