१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायाधिश सुवेदीविरुद्ध सर्वोच्चमा रिट दायर


0
Shares

काठमाडौं, चैत १३ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेकालाई न्यायाधीशमा सिफारिस गरेको भन्दै निर्णय बदरको माग गरि सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

न्यायपरिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारि नगरेसम्म संसदीय सुनुवाई रोक्न जानकारीपत्र लेख्नु भनि न्यायपरिषद र न्याय परिषदका सचिवका नाममा अन्तरिम आदेश दिनसमेत माग गर्नुभएको छ ।

न्यायापरिषदले सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

यस्तै चैत्र ४ गतेबाट सिफारिस गरिएका न्यायाधीशको संसदीय सुनुवाइ सुरु भइसकेको छ ।