१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणढ-बुटवल सडकखण्डको काम तोकिएकै समयमा सक्न समितिको निर्देशन


13
Shares

काठमाडौं, चैत १३ । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सक्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो ।

समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होर्डिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रेजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताउनुभयो ।