१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकार महासंघमा पाँचजना अध्यक्षका उमेदवार, दलीय दायरा तोड्दै पर्‍यो उम्मेदवारी (सूचीसहित)


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् ।

शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिनुभएको छ ।

यसैगरी महासचिवमा बालकृष्ण वस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतम हुनुहुन्छ ।

यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरुका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु प्रशस्तै देखिएका छन् । यस पटकदेखि महासंघको निर्वाचन प्रत्यक्ष रुपमा सबै मतदाताले मत दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले माओवादी केन्द्रनिकटको प्रेस संगठन, नेकपा एमाले माधव नेपाल समूहनिकटको प्रेस चौतारीसहितका अरु संस्थासँग मिलेर उम्मेदवारी दर्ता गराएको हो । युनियनले विपुल पोखरेलको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारको छ ।

यसैगरी नेकपा एमाले अध्यक्ष केपी ओली निकटको प्रेस चौतारीले पनि अरु केही साना संस्थासँगको साझेदारीमा निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारेको छ ।

उता, युनियनमा भने आधिकारिक उम्मेदवारी नपाएपछि विद्रोही उम्मेदवारी पनि परेको छ । अध्यक्षमा रामप्रसाद दाहाल, उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा राजेश मिश्र उक्त समूहका सदस्यहरु हुन् । चौतारीमा पनि दीपक पाठकले विद्रोही उम्मेदवारी दिनुभएको छ भने गजेन्द्र बुढाथोकीले आफूलाई श्रमजीवीहरुको प्रतिनिधि भन्दै मनोनयन दर्ता गराउनुभएको छ ।

निर्वाचनका दिनसम्म कति जनाले फिर्ता लिने छन् र कति जनाको बीचमा मुख्य प्रतिष्पर्धा हुनेछ त्यसका लागि उम्मेदवारको अन्तिम सूची पर्खनुपर्नेछ ।

यस्तो छ उमेदवारहरुको सूची,