
काठमाडौं, चैत १५ । म्यानमारमा सैनिक सरकारले नरसंहार गरिरहेको भन्दै नेपाली कांग्रेसले निन्दा गरेको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको हो ।
प्रजातन्त्रप्रेमी जनतामाथिको दमन रोकेर निर्वाचित सरकार पुनर्बहाली गर्न पनि कांग्रेसले माग गरेको छ ।
त्यहाँ भईरहेको लोकतान्त्रिक आन्दोलन प्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्