
काठमाडौं, चैत १६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ ।
आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ ।’
देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गर्दै नेता नेपालले ओली एमालेको अध्यक्ष नै नरहेको भन्दै कारवाही गर्ने कुनै अधिकार नभएको जिकीरसमेत गर्नुभयो ।
ओलीले आफैंले केन्द्रीय कमिटी भंग गरिसकेकाले कारवाही गर्ने अधिकार नभएको उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो । ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो ।
ओलीको यो निर्णयसँगै एमालेभित्र ठूलै पहिरो जाने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्