२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सन्राइज बैंकको ई-कार्ड संचालनमा


0
Shares

काठमाडौं, चैत १६ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार सन्राइज बैंकले पनि सन्राइज ई–कार्ड संचालनमा ल्याएको छ ।

सो सुुबिधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

ई–कार्ड प्रयोग गरि अनलाइनबाट प्रवाह हुने युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्ने जनाइएको छ ।