
काठमाडौं, चैत १६ । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चयन हुनुभएको छ ।
काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई चयन गरेको छ ।
कार्यसमिति सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन हुनुभएको छ ।
चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित बनाउने लक्ष्य ‘फिक्सन’ले लिएको नवनिर्वाचित अध्यक्ष लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्